यस्ता विषय समेटिएका छन् माओवादी केन्द्रको चुनावी घोषणापत्रमा (पूर्णपाठसहित)

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित रक कार्यक्रममा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ । चुनावी घोषणापत्रमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिपरिषद रहने व्यवस्था गर्न संविधान संशोधनमा जोड दिने उल्लेख छ ।



त्यस्तै पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जोड दिएको माओवादीले १६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा हुनुपर्ने बताएको छ । यस्तै, सातै प्रदेशमा संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा मन्त्रिमण्डल रहने र विधान क्षेत्रमा मात्रै केन्द्रित प्रदेश सभा गठन गर्ने प्रस्ताव गरिएको छ ।

पार्टीको घोषणापत्र सार्वजनिक भइसकेपछि सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बताए । उनले  नेपालको आर्थिक समृद्धिका लागि अब आफूहरूले सम्पूर्ण तागत लगाएर काम गर्ने उल्लेख गर्दै नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाइने र स्वास्थ्य र शिक्षामा राज्यको जिम्मेवारी हुने गरी काम गर्दै जाने बताए ।

संविधान निर्माणको प्रक्रियामा समेत नेपाली जनताले शासकीय पद्धति परिवर्तनको पक्षमा आफ्नो मत अभिव्यक्त गरी सकेकाले लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन शासकीय पद्धति परिवर्तन गर्नुपर्ने चुनावी घोषणापत्रमा उल्लेख छ ।

माओवादीको चुनावी घोषणापत्र :

 

 

सम्बन्धित समाचार