नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ कार्तिक ।
नेकपा एमालेका नेता भीम रावलले एमालेले मंगलबार जारी गरेको चुनावी घोषणापत्रको विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । मंगलबार एक ट्विट गर्दै रावलले एमालेको चुनावी घोषणापत्रको विषयमा आफ्नो प्रतिक्रिया दिएका हुन् ।
रावलले एमालेले भर्खरी जारी गरेको घोषणापत्रमा ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो’ भन्ने भनाइ उचित रहेका बताएका छन् । तर, उनले कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि नगर्ने टिप्पणी गरेका छन् ।
नेता रावलले ट्विटरमा लेखेका छन्, एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो । तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।