बाबुराम भट्टराईले प्रमुख दलहरुको चुनावी घोषणापत्र फूलबुट्टा भरे जस्तो भनेपछि..

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रमुख दलहरुको चुनावी घोषणापत्र पढ्दा ’के गर्ने’भन्नेबारे त निकै फूलबुट्टा भरेको देखियो बताएका छन् । मंगलबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।

भट्टराईले प्रमुख दलहरूले जनतालाई झुक्याएको बताएका छन् । उनले प्रमुख दलका घोषणापत्रमा गर्ने कामबारे फूलबुट्टा भरेको भए पनि ती काम कसरी गर्ने र पैसा कहाँबाट ल्याउने भन्नेबारे केही नलेखिएको टिप्पणी गरेका छन् । त्यस्तै उनले तीन बर्ष दुई तिहाइको सरकार हुँदा किन ती काम नगरेको भन्ने पनि बताउन आवश्यक ठानिएन भन्दै प्रश्न समेत गरेका छन् ।



भट्टराईले ट्विटरमा लेखेका छन्, ‘प्रमुख दलहरूको चुनावी घोषणापत्र पढ्दा’के गर्ने’भन्नेबारे त निकै फूलबुट्टा भरेको देखियो तर ‘कसरी गर्ने’ र मुख्यतः पैसो ‘कहाॅबाट ल्याउने’ भन्नेवारे चाहिं खासै केही भेटिएन!अनि तीन बर्ष दुइतिहाइको सरकार हुॅदा किन ती काम नगरेको भन्ने पनि बताउन आवश्यक ठानिएन।मतदातालाई अब कति झुक्याउने?’

सम्बन्धित समाचार