नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ कार्तिक ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन आयोगले शर्तसहित निर्वाचन क्षेत्र डडेल्धुरा जान स्वीकृति दिएको छ । आयोगले प्रधानमन्त्री देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर डडेल्धुरा जान स्वीकृति दिएको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलबार आयोग समक्ष एक पत्र पठाउदै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो । त्यसपछि आयोगले निर्वाचन आचारसंहिता उल्लंघन नहुनेगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान स्वीकृति दिएको आयोगले बताएको छ ।
प्रधानमन्त्री देउवालाई आयोगले सोही अनुसारको पत्र पठाएको छ । प्रधानमन्त्री देउवा बुधबार चुनाव प्रचारका लागि गृहजिल्ला जान लागेका हुन् । आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउने जनाएको छ ।