भारत विजयी

अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारत विजयी भएको छ । बुधबार भएको खेलमा भारतले बंगलादेशलाई डीएल मेथड अनुसार ५ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले अविजित रहँदै ६४ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले पनि ५० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सूर्यकुमार यादवले ३० रन जोडे । बंगलादेशका लागि हसन ममुदले ३ विकेट लिए भने लप्टन शकिब अल हसनको भागमा २ विकेट रह्यो ।



१८५ रनको लक्ष्य लिएर मैदान उत्रेको बंगलादेशको पारीमा वर्षा भएपछि खेल १६ ओभरमा झरिदै बंगलादेशले १५१ रनको नयाँ लक्ष्य पाएको थियो । तर बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि लिटोन दासले ६० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै नुरुल हसन २५ रनमा अविजित रहे भने नाजमुल होसेनले २१ रन बनाए । भारतका लागि अर्शदिप सिंह र हार्दिक पाण्डयले समान २-२ विकेट लिए भने मोहमद शामीको भागमा १ विकेट रह्यो । जितसँगै समूह २ को भारत ४ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ भने समान खेलमा ४ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार