आयोगले सोध्यो योगेश भट्टराई र विना मगरलाई स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराई तथा कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको जनाएको छ ।

भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्‍घा गाउँपालिका वडा नं. ३ सिकैचा तथा मगरले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको उल्लेख छ ।



निर्वाचन आयोगले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशन गरी भट्टराई र मगरलाई स्पष्टीकरण सोधेको जानकारी गराएको छ ।

सम्बन्धित समाचार