सामसङ ग्यालेक्सी ए०४ सार्वजनिक हुँदै

मोबाइल ब्रान्ड सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । सामसङले आफ्नो मिड रेन्ज र फ्ल्यागसीप फोनहरु सार्वजनिक गरेसँगै नेपाली बजारमा छिट्टै नै नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी गरेको हो ।

सामसङले यसै वर्ष आफ्नो मिड रेन्ज र फ्ल्यागसीप फोनहरु सार्वजनिक गरेको थियो । कम्पनीले नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा सामसङ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।



सामसङ ग्यालेक्सी ए०४ को मुख्य आकर्षण भने यसको क्यामेरा ५० एमपीको छ। ग्यालेक्सी ए०४ नयाँ युवा पुस्ताका लागि एक उत्कृष्ट फोनको रूपमा चिनिने अपेक्षा कम्पनीले राखेको छ ।

सम्बन्धित समाचार