नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ कार्तिक ।
बलिउड चलचित्र ‘पठान’ को टिजर सार्वजनिक भएको छ । बलिउड अभिनेता शाहरुख खानको ५७ औं जन्मदिनको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
शाहरुखकै जन्मदिनको अवसर पारेर यशराज फिल्म्सले पठानको टिजर सार्वजनिक गरेको हो । करिब १ मिनेट २४ सेकेन्ड लामो सार्वजनिक टिजरमा अभिनेता खान एकदमै फरक अवतारमा देखिएका छन् ।
फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको छ । अभिनेता खान लामो समयपछि बक्स अफिसमा मुख्य कलाकारको रुपमा फर्किएका छन् । अभिनेता खान आफैंले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट ‘पठान’ को टिजर सार्वजनिक गरेका हुन् । सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र आगामी जनवरी २५, २०२३ मा रिलिज हुनेछ ।
टिजर-