‘१५ मिनेट आफू गतिलो छु भन्न १३ मिनेट अरुलाई गाली गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू ?’

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गरेका छन् । आसन्न निर्वाचनका सन्दर्भमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौँमा आयोजना गरेको नागरिक संवादमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले त भन्दै आएको छु । १५ मिनेट आफू गतिलो छु भन्न १३ मिनेट अरुलाई गाली गर्ने र चरित्र हत्या गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू ?’ उनले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर मत माग्ने र मत दिने वातावरण सिर्जना गर्न पनि आग्रह गरे ।



कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त डा भोजराज पोखरेल, पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, संविधानविद् नीलाम्बर आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतसँग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहितरुपमा सम्पन्न गराउने सन्दर्भमा नागरिक संवाद गरिएको थियो ।

सम्बन्धित समाचार