ओलीले लगाए गठबन्धनलाई यस्तो आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको आरोप लगाएका छन् । सोमबार नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनलाई यस्तो आरोप लगाएका हुन् ।

उनले भने, विचार नभएका, गन्तव्य नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेका छन् । फरक–फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उनले उनीहरू जनतासँग झुटो आवश्वासन बाँढिरहेका छन् ।’



त्यस्तै अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने भन्दै लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताए । उनले लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार बनाएर वार्तामार्फत फिर्ता ल्याउने बताए ।

अध्यक्ष ओलीले एमालेले घोषणापत्रमा २० वटा ग्यारेन्टी क्षेत्र तोकेको बताउँदै उनले त्यसमा राष्ट्रिय समृद्धिका सबै कुरा समेटिएको बताए । सामाजिक सुरक्षाका क्षेत्रमा धेरै विषयलाई नेकपा एमालेले उठाउनुका साथै त्यसको व्यवस्थापन गर्दै आएको उनले बताए ।

 

सम्बन्धित समाचार