पाकिस्तान टी-२० विश्वकप क्रिकेटको फाइनलमा

पाकिस्तान अस्ट्रेलियामा जारी आठौँ टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि ड्यारियल मिचेले अविजित रहँदै ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान केन विलियम्सनले ४६ रन बनाए । त्यस्तै डेभोन कनवेले २१ रन बनाई आउट भए भने जेम्स निसम १६ रनमा अविजित रहे । पाकिस्तानका लागि साहिन शाह अफ्रिदीले २ विकेट लिए भने मोहम्मद नवाजको भागमा १ विकेट रह्यो ।



१५३ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १९ दशमलव १ ओभरमा विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि मोहमद रिजवान र कप्तान बबर आजमले अर्धशतकीय पारी खेल्दै क्रमश: ५७ र ५३ रन बनाए । यस्तै मोहमद ह्यारिसले ३० रन जोडे । न्युजिल्यान्डको लागि ट्रेन्ट बोल्टले २ विकेट लिए भने मिचेल स्यानटरको भागमा १ विकेट रह्यो । अब न्युजिल्यान्डले उपाधिको लागि भोलि हुने भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

 

 

 

सम्बन्धित समाचार