टी-२० विश्वकप : दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्दै

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्दै छन् । बिहीबार अष्ट्रेलियाको एडिलेड क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।

दुवै टोलीले सिधा सुपर १२ मा स्थान बनाएका थिए । भारत समूह २ को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो भने इंग्ल्यान्ड समूह १ को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा पाकिस्तानलाई ४ विकेटले पराजित गरेको भारतले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५६ रनले पराजित गरेको थियो ।



त्यस्तै तेस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको थियो भने भारतले चौथो खेलमा बंगलादेशलाई डीएल मेथड अनुसार ५ रनले हराएको थियो । यता इंग्ल्यान्डले भने पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले, दोस्रो खेलमा आयरल्याण्डसँग डीएल मेथड अनुसार ५ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेल वर्षाका कारण नभएपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग अंक बाँडेको थियो भने चौथो खेलमा न्युजिल्यान्डलाई २० रनले पराजित गरेको इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो ।

भारतलाई पराजित गर्दै इंग्ल्यान्ड तेस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्ने योजनाका साथ मैदान उत्रदै छ भने भारत २०१४ पछि पहिलो पटक फाइनल पुग्ने सुरमा रहेको छ । हेड टु हेडमा अहिसेसम्म यी दुई टिमबिच कुल २२ खेल हुँदा भारत १२ खेलमा जित निकाल्दा इंग्ल्यान्डले १० खेलमा जित हासिल गरेको छ । आजको विजेताले उपधिको लागि पाकिस्तानसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो । फाइनल खेल भने आगामी आइतबार हुनेछ ।

 

सम्बन्धित समाचार