निर्वाचनको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा निर्वाचन अफर ल्याएको छ । टेलिकमको निर्वाचन अफर आज (आइतबार) देखि मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।

निर्वाचनको अवसरमा विभिन्न डाटा र भ्वाइस प्याकसहितको अफर उपलब्ध गरेको कम्पनीले जनाएको छ । अफरमा डेटा प्याक अन्तर्गत २९४ रूपैयाँमा १० दिनभित्र प्रयोग गर्न सकिने २० जिबी डेटा उपलब्ध हुनेछ ।



त्यस्तै ९८ रूपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने ६ जिबी डेटा पनि उपलब्ध छ। त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरीद गर्न सकिन्छ ।

 

सम्बन्धित समाचार