ट्विटर कार्यालय केही दिनका लागि बन्द

ट्विटरले कर्मचारीलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ । कामदारहरूलाई बन्द कार्यालय नोभेम्बर २१ सोमबारदेखि खुल्ने भनिएको छ ।

नयाँ मालिक एलोन मस्कले उनीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टबीच केही दिनका लागि ट्विटरको कार्यलय बन्द हुने भएको हो ।



कर्मचारीलाई पठाइएको सन्देशमा भनिएको छ, ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस् ।’ यो साता मस्कले ट्विटरका कर्मचारीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’’ काम गर्न प्रतिबद्ध हुनुपर्ने वा कम्पनी छोड्नु पर्ने बताएका थिए । कामदारहरू कार्यालयमा बस्न चाहेमा वाचामा सहमत हुनुपर्ने मस्कले बताएको वाशिंगटन पोस्टले जनाएको छ ।

सम्बन्धित समाचार