विपल्व समूहले मतपेटिकामा आगो लगाउन खोजेपछि चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित

चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित गरिएको छ । नेकपा नेत्रविक्रम चन्द’विप्लव’ को समूहले चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथको मतपेटिकामा आगो लगाउने प्रयास गरेपछि मतदान स्थगित गरिएको हो ।

विप्लव समूहले राप्ती नगरपालिका वडा नं. ८ मा आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको प्रहरीले जानकरी दिएको हो । त्यस्तै प्रहरीले उक्त स्थानमा एक राउण्ड हवाइफायर समेत गरेको छ ।



अहिले उक्त क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित समाचार