निर्वाचन आयोगले दियो यस्तो निर्देशन

निर्वाचन आयोगले पूर्व सहमति नलिई मतदान स्थगन नगर्न निर्देशन दिएको छ । आइतबार निर्वाचन आयोगले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

विभिन्न मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएका खबर आउन थालेपछि आयोगले आफ्नो अनुमतिबिना मतदान नरोक्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको सूचनामा उल्लेख छ । त्यस्तै आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्न समेत निर्देशन दिएको छ ।



यस्तै साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको आयोगले जनाएको छ । सूचनामा भनिएको छ, ‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ ।’

सम्बन्धित समाचार