प्रारम्भिक मतगणनामा एमालेको सुरुवाती अग्रता, कसको कति स्थानमा अग्रता ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । हिजो सम्पन्न भएको निर्वाचन विभिन्न क्षेत्रमा मतगणना जारी रहेको हो ।

यसैगरी १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ६ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसको ३ स्थानमा अग्रता रहेको छ । एमालेले ललितपुर को क्षेत्र नं १, २, ३, झापा– २, बाँके ३ र धनुषा– ३ मा अग्रता लिँदा कांग्रेसले भक्तपुर क्षेत्र नं २, मुस्ताङ र झापा ३ मा अग्रता लिएको छ ।



त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिएको छ ।

 

 

 

सम्बन्धित समाचार