भक्तपुर– २ मा कांग्रेसका दुर्लभ थापाले पछि पारे महेश बस्नेतलाई, यस्तो छ ताजा परिणाम

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । हिजो सम्पन्न भएको निर्वाचन विभिन्न क्षेत्रमा मतगणना जारी रहेको हो । यस्तैमा भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय मतान्तरले अग्रता लिएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले २हजार ३३० मतले अग्रता लिएको छ । एमाले १ हजार ६३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले २३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४ र नेपाल मजदुर किसान पार्टीले २५० मत प्राप्त गरेको छ । मतगणना जारी रहेको छ ।



निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।

यसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार