नेपाली कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, गौचन विजयी

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खालेको छ । कांग्रेसले मुस्ताङबाट खाता खोलेको हो ।

मुस्ताङमा कांग्रेसका योगेश गौचनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गरेका छन् । गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।



त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाएका छन् । योगेश नेपाली कांग्रेस मुस्ताङका सभापति एवम् पूर्वसांसद रोमी गौचन थकालीका छोरा हुन् । नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

 

 

 

सम्बन्धित समाचार