नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–८ मा अग्रता लिएको छ । पछिल्लो मतपरिणाम नुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ ६०७ मत पाउँदा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५९१ मतले श्रेष्ठलाई पछ्याइरहेका छन् ।
त्यस्तै एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्यले ३०४ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २१३ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका उम्मेदवार प्रकाश रिमालले २०३ मत पाएका छन् ।
यस्तै काठमाडौं- ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायमै राखेको छ । १५४३ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीको पक्षमा ३७५ मत आएको छभने एमालेका उम्मेदवार श्यामकुमार घिमिरेको ३०६ मत पाएका छन् ।
यसैगरी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमीको २९३ ल्याएकी छन् । त्यस्तै काठमाडौं ६ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन् । ५०० सय मत गणना हुँदा खनालले १७२ मतसहित अग्रता लिएका छन् । उनको प्रतिस्पर्धी एमाले उम्मेदवार सर्वेन्द्र खनालले १४२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान १०८ मतसहित तेस्रो स्थानमा छन् ।