नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाएका छन् । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका राजन भट्टराईबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
हालसम्म सो निर्वाचन क्षेत्रको ४२१६ मत गणना भएको छ । जसमा थापाले २०२५ मत पाउँदा भट्टराईले १५८१ मत पाएका छन् ।
थापा एमालेका उम्मेदवार राजन भट्टराई भन्दा ४४४ मत भन्दा अघि रहेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएका छन् ।