नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
झापा क्षेत्र नम्बर ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अग्रता लिएका छन् । ताजा मतपरिणाम अनुसार राप्रपा अध्यक्ष लिङ्देनले ५हजार २६४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३ हजार ७८८ मत ल्याएका छन् ।
लिङ्देन र सिटौला बीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको हो । लिङ्देन सिटौला भन्दा लगभग १५०० मतले अघि छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक ४४० मत सहित तेस्रो स्थानमा छन् । अहिले उक्त क्षेत्रमा मतगणना जारी छ ।