नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । योसँगै नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यमा खाता खोलेको छ ।
गंगारामले २३ हजार १२० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माअोवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन)ले १७ हजार ७४९ मत प्राप्त गरेका छन् ।
गंगारामले कृष्णकुमारलाई ५ हजार ३७१ मतान्तरले हराउँदै विजयी भएका हुन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरी नौ हजार ८७४ मत पाए ।