नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका छन् । योसँगै उहाँले सातौँपटक जित हासिल
डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।
त्यस्तै नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले ७हजार ५३५ मत प्राप्त गरे । उक्त क्षेत्रमा गणना भएको ५१ हजार २०३ मतमध्ये तीन हजार १८७ मत बदर भएको छ ।