नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन् । गौतमले १५ हजार २२९ मत प्राप्त गरी विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयाल ११ हजार ५५५ मत ल्याए । गौतम र फुँयालबीच ३ हजार ६७४ मतान्तर रहेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले ९ हजार ४४९ मत ल्याइन् ।
निर्वाचित भएपछि गौतमले प्रतिस्पर्धी साथीहरूलाई बधाई दिँदै उनीहरुले उठाएका महत्त्वपूर्ण सवालहरूलाई संसद्मा पैरवी गर्ने विश्वास दिलाएकी छिन् ।