अछामबाट नेकपा एकीकृत समाजवादीले खोल्यो खाता, शेरबहादुर कुँवर विजयी

अछाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर विजयी भएका छन् । योसँगै नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढोका खोलेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कुँवर चार हजार ४८९ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत पाए ।



प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४१ हजार तीन सय ९२ मतगणना हुँदा एक हजार नौ सय ७७ मत बदर भएका थिए ।

त्यस्तै रौतहट १ मा माधवकुमार नेपाल, दाङ् क्षेत्र न १ मा मेटमणि चौधरी, धादिङ राजेन्द्रप्रसाद पाण्डेय, सल्यान १ मा प्रकाश ज्वाला, बारा क्षेत्र नम्बर ४ मा कृष्ण कुमार श्रेष्ठ, डोटी १ मा प्रेम बहादुर आले अग्रस्थानमा छन् । यस्तै गरी नेकपा एकीकृत समाजवादीले ६ ठाउँमा अग्रता कायम गरेको छ ।

सम्बन्धित समाचार