ललितपुर–१ बाट कांग्रेसका राणा विजयी, कसले कति मत पाए ?

नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा ललितपुर–१ बाटललितपुर–१ बाट विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६१४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

राणाले २३ हजार ८ ९२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २७८ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले तीन हजार २७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले १ हजार ६४१ मत प्राप्त गरे ।



कुल ७४ हजार ३९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७७३ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ८०२ मत बदर भएको छ भने ४८ हजार ७८१ मत सदर भएको थियो ।

सम्बन्धित समाचार