रुकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर निर्वाचित

सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर रुकुम पूर्वबाट निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई पराजित गर्दै घर्तीमगर निर्वाचित भएको हुन् ।

घर्तीमगर १२ हजार २६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन् । घर्तीमगरले मल्ललाई ७ हजार ४१ मतान्तरले पराजित गरेका हुन् ।



त्यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८ सय ९६ मत प्राप्त गरे ।

सम्बन्धित समाचार