एमालेका शंकर पोखरेललाई पराजित गर्दै रेखा दाङ-२ बाट विजयी, यस्तो छ मतान्तर

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । रेखाले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

रेखाले २६ हजार ८७७ मत ल्याउदा उनका प्रतिद्वन्दी एमालेका पोखरेलले २६ हजार ६८१ मत प्राप्त गरेका छन् । उनीहरूबीच १९६ मतान्तर रहेको छ । बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार पोखेर रेखासँग झिनो मतान्तरले पराजित भए ।



सत्ता गठबन्धनको साझा उम्मेदवार रहेकी रेखा प्रत्यक्षतर्फबाट पहिलो पटक सांसद भएकी हुन् । यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ ।

सम्बन्धित समाचार