नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका एकबहादुर रानालाई पराजित गर्दै पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पौडेलले २५ हजार ३१३ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी रानाले १९ हजार ९२५ मत प्राप्त गरेका छन् । एमालेका राना र पौडेलबीच ५ हजार ३८८ मतान्तरले रहेको छ ।
त्यस्तै उक्त क्षेत्रबाट कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन् ।