सप्तरी २ मा उपेन्द्र यादवलाई हराउँदै सिके राउत विजयी, यस्तो छ मतान्तर

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित गर्दै सिके राउत सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जसपाका यादवले १६ हजार ९७९ मत प्राप्त गरेका छन् । राउत र यादवबीचको मतान्तर दोब्बर अर्थात् १८ हजार ६३ रहेको छ ।



त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले सात हजार ३४७ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ६० हजार ९२१ मत सदर र तीन हजार २९८ मत बदर भएको छ ।

सम्बन्धित समाचार