चितवन-२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी, यस्तो छ मतपरिणाम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा भारी मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पराजित गर्दै रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा विजयी भएका हुन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् । लामिछाने र श्रेष्ठबीच ३४ हजार १६२ मतान्तर रहेको छ ।



नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । चितवनमा रवि विजयी भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा विजय हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ ।

 

सम्बन्धित समाचार