रौतहट १ बाट माधवकुमार नेपाल विजयी, कसले कति मत पाए ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । नेकपा एमालेका अजय गुप्तालाई पराजित गर्दै अध्यक्ष नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका छन् ।



उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

सम्बन्धित समाचार