एसइई परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा एसइईको आवेदन फारम खुलाएको छ । आज (बिहीबार) कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइई) को आवेदन खुलाएको हो ।

आवदेन मंसिर ८ गतेदेखि पुस १० गतेसम्म भर्न पाइने कार्यालयले जनाएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ ।



विद्यालयहरूले पुस १७ गतेभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने छ । माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने उल्लेख छ ।

 

सम्बन्धित समाचार