शशांक कोइराला पूर्वी नवलपरासीबाट निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला निर्वाचित भएका छन् । उनी लगातार चौथो पटक निर्वाचित भएका हुन् ।

कोइरालाले २७ हजार १२६ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो । कोइराला र पौडेलबीच २ हजार ८२ मतान्तर रहेको छ ।



त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको २३ हजार ३०५ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार