एमालेका लालबाबु पण्डितलाई पराजित गर्दै मोरङ ६ बाट डा. शेखर कोइराला निर्वाचित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मोरङको क्षेत्र नं. ६ को प्रतिनिधि सभामा निर्वाचित भएका छन् । नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गर्दै डा. शेखर कोइराला निर्वाचित भएका हुन् ।

कोइरालाले ३५ हजार २१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९३२ मत प्राप्त गरेका छन् । कोइराला र पण्डितबीचको मतान्तर १२ हजार २८६ रहेको छ ।



२०७४ सालको संसदीय निर्वाचनमा लालबाबु पण्डितसँग ६७५ मतान्तरले पराजित भएकाकोइरालाले यसपटक भने विजयी भएका हुन् ।

सम्बन्धित समाचार