नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएकी छिन् । नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ मा विजयी भएकी हुन् ।
श्रेष्ठ ३० हजार ४०४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् ।
अध्यक्ष श्रेष्ठ टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका कैलाली १ बाट २०७४ मा निर्वाचित पूर्व सांसद रेशमलाल चौधरीकी श्रीमती हुन् ।