सिरहा १ बाट एमालेका यादव निर्वाचित

नेकपा एमालेका रामशंकर यादव सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । नपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री पदम नारायण चौधरीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

यादवले २९ हजार ४६२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी चौधरीले २७ हजार ३७९ मत प्राप्त गरेका छन् । यादव र चौधरीबीचको मतान्तर २ हजार ८३ रहेको छ ।



त्यस्तै जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४९ मत प्राप्त गरे ।

सम्बन्धित समाचार