नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।
गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।
भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे । भण्डारी र ज्ञवालीबीचको मतान्तर १ हजार ५९२ रहेको छ ।
आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यो विजयसँगे कांग्रेसका भण्डारी दुई पटक सांसद बनेका छन् ।