पाल्पा २ बाट एमालेका ठाकुरप्रसाद गैरे विजयी

नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे निर्वाचित भएका हुन् ।

गैरेले २७ हजार ८१७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले २३ हजार ८५१ मत प्राप्त गरेका छन् ।



त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार एक सय ८० मत प्राप्त गरे । यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

सम्बन्धित समाचार