नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ मंसिर ।
हालसम्ममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सदस्यहरूमध्ये १५६ सिटको अन्तिम परिणाम् सार्वजनिक भइसकेको छ ।
सार्वजनिक परिणाम् अनुसार नेपाली काङ्ग्रेसले सबभन्दा बढी ५३ सिट जितेर पहिलो बनेको छ भने नेकपा एमाले ४१ सिटसहित दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्रले १७ सिटसहित तेस्रो र नेकपा एकीकृत समाजवादी १० सिटसहित चौथो स्थानमा रहेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिटमा, जनता समाजवादी पार्टीले ६ सिटमा, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिटमा तथा नागरिक उन्मुक्ति पार्टीले ३ सिटमा जित निकालेका छन् ।
नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिटमा जित हासिल गरेका छन् भने स्वतन्त्रहरू ५ सिटमा विजयी भएका छन् ।