नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर ।
निर्वाचन आयोगबाट प्राप्त सोमबार बिहानसम्मको प्रतिनिधिसभाको समानुपातिकतर्फको विवरणअनुसार नेकपा एमालेले २५ लाख २५ हजार मत पाएर पहिलो स्थान कायमै राखेको छ भने कांग्रेस २३ लाख ९२ हजार मतका साथ दोस्रो स्थानमा छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६१ हजार मतका साथ तेस्रो स्थानमा रहेको छ भने १० लाख ५६ हजार मतका साथ माओवादी केन्द्र चौथो स्थानमा छ तथा ५ लाख ४४ हजार मतका साथ राप्रपा पाँचौं स्थानमा रहेको छ ।
यस्तै जसपाले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार तथा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ४९ हजार मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार मत पाएको छ भने लोसपाल १ लाख २६ हजार मत पाएको छ ।