राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सासंद, को-को छन् ? (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीले १३ समानुपातिक सासंदको सूची टुंगो लगाएको छ । शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची टुंगो लगाएको हो ।

पार्टीले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउने जनाएको छ । राष्ट्रिय पार्टीको रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ भने ७ सिट जितेको थियो ।



पार्टीले आदिवासीबाट डा.ढाका कुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत, दलितबाट सन्तोष परियार र शिव नेपाली चयन भएका छन् । त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका छन् ।

 

सम्बन्धित समाचार