भण्डारीले गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्छ भनेपछि…

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् ।

शनिबार दमौलीको बिपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताए ।



भण्डारीले सङ्गठन सुदृढीकरण गर्न सकेको भए निर्वाचनमा काँग्रेसले अझ बढी सिट जित्न सक्थ्यो भन्दै सङ्गठन सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

सम्बन्धित समाचार