कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला (सूचनासहित)

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको जानकारी दिएको हो ।

शैक्षिक सत्र २०७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला भएको हो । विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुस मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले जनाएको छ । विद्यार्थीले आगामी माघ १५ गतेभित्र सम्बन्धित विद्यालयले बैङ्क भौचर र रजिष्ट्रेसन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्नेछ ।



रजिस्ट्रेसन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथमा समावेश गर्नुपर्ने बोर्डद्वारा जारी सूचनामा भनिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्नेछ ।

सूचना

सूचना

 

 

 

सम्बन्धित समाचार