तोसिमाले जनघातक अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा भनेपछि…

ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी डा. तोसिमा कार्कीले सरकारले जारी गरेको अध्यादेश जनघातक भएको बताएकी छन् । सोमबार एक ट्विट गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउनु निर्लज्ज कुर्सी मोहको पराकाष्ठा रहेको बताएकी हुन्। त्यस्तै कार्कीले देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक रहेको भन्दै तत्काल अध्यादेशलाई सच्याउन र खारेज गर्न माग गरेकी छिन् ।



उनले ट्विटरमा लेखेकी छिन्, ‘अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने? निर्लज्ज कुर्सी मोहको पराकाष्ठा! विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनुहुदैन ।देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ । तत्काल यो अध्यादेश सच्याईयोस्/खारेज गरियोस् !!’

सम्बन्धित समाचार