नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।
संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा दिएका हुन् ।
घिमिरेले सचिवालयका महासचिव भरतराज गौतमलाई मंगलबार राजीनामा पत्र बुझाएका थिए । उक्त पत्र बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ ।
घिमिरेको उमेर हदले अवकाश हुन अझै ९ महिना अवधि बाँकी रहेको छ । घिमिरिले पारिवारिक कारणले राजीनामा दिएको बताए ।