यी हुन् पाँच वर्षका लागि प्रतिनिधिसभामा चुनिएका २७५ सांसदहरु, कुन दलबाट को-को परे ? (नामावलीसहित)

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ । बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको हो । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिम निर्वाचनको अन्तिम परिणाम घोष गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी कुल ८२५ जना सदस्य निर्वाचित भएको जनाएको छ ।

जसमा प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६.९० प्रतिशत) र महिला ९१ जना (३३.१० प्रतिशत) निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ पुरुष ३५० जना (६३.६४ प्रतिशत) र महिला दुई सय जना (३६.३६ प्रतिशत) निर्वाचित भएका छन् ।



प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष २ हजार १८६ गरी २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १८७ र पुरुष १ हजार १२ गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

त्यसैगरी प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २८०, पुरुष २ हजार ९४३ र अन्य १ गरी ३ हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ५११ र पुरुष २ हजार १९७ गरी कुल ३ हजार ७०८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो । यस अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि कूल उम्मेदवारको संख्या जम्मा ११ हजार ५४२ रहेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् । आयोगले समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै आगामी पाँच वर्षका लागि प्रतिनिधिसभाका २७५ सदस्य चुनिएका छन् । निर्वाचित सदस्यहरुको नामावली राजपत्रमा प्रकाशित भएपछि उनीहरूको शपथग्रहणको प्रक्रिया अघि बढ्नेछ ।

पाँच वर्षका लागि प्रतिनिधिसभाका २७५ सदस्य चुनिए, कुन दलबाट को-को परे ?
नेपाली कांग्रेसबाट को-को भए निर्वाचित ?
नेपाली कांग्रेसबाट निर्वाचित हुने सदस्यहरुमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, सीता गुरुङ, दिपक खड्का, रामहरि खतिवडा, नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, पूर्णबहादुर तामाङ, मोहनबहादुर बस्नेत, उदय शमशेर, दुर्लभ थापा, प्रकाशमान सिंह, सन्तोष चालिसे, प्रदीप पौडेल, राजनकुमार केसी, अर्जुननरसिंह केसी, मोहन आचार्य, रामनाथ अधिकारी, राजेन्द्र बजगाई, रामचन्द्र पौडेल, शंकर भण्डारी, राजु थापा, धनराज गुरुङ, टेकबहादुर गुरुङ, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, शशांक कोइराला, विष्णु कुमार कार्की, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दिपक गिरी, सन्जयकुमार गौतम, किशोरसिंह राठोर, विनोद चौधरी, पुर्णबहादुर खड्का, हृदयराम थानी, दिक्पालकुमार शाही, एनबहादुर शाही, बद्री पाण्डे, पुष्पबहादुर शाह, बीरबहादुर बलायर, डिल्लीराज पन्त, एनपी साउद, रमेश लेखक, दिलेन्द्रप्रसाद बडू, विमलेन्द्र निधि, प्रकाशसरण महत, जीवन परियार, सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, इश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल कार्की, कल्पना चौधरी, बिनाकुमार थनेत, शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र जावेदा खातुन रहेका छन् ।

नेकपा एमालेबाट निर्वाचित हुने सदस्यहरु
त्यस्तै नेकपा एमालेबाट निर्वाचित सदस्यहरुमा एमाले अध्यक्ष केपी शर्मा ओली, योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, सुवास नेम्वाङ, महेश बस्नेत, देवराज घिमिरे, एलपी साँवा, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, राजेन्द्र राई, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशंकर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो, रघुविर महासेठ, लक्ष्मी महत्तो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह, राजकुमार गुप्ता, गोकुल बाँस्कोटा, प्रेमबहादुर महर्जन, कृष्णगोपाल श्रेष्ठ, महेशकुमार बर्तौला, पृथ्वी सुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्ण राज विष्‍ट, नारायण प्रसाद आचार्य, ठाकुर प्रसाद गैरे, छविलाल विश्वकर्मा, विष्‍णु प्रसाद पौडेल, बासुदेव घिमिरे, टोपबहादुर रायमाझी, बलराम अधिकारी, मंगलप्रसाद गुप्ता, सुर्यबहादुर थापा, सुर्यप्रसाद ढकाल, तारा लामा तामाङ, दामोदर भण्डारी, रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल, देवीप्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, आस्माकुमारी चौधरी, शान्ति चौधरी, ईश्वरबहादुर विक, प्रभु हजरा दुसाध, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राना बराइली, हर्कमाया विश्वकर्मा, गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, बिना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया र सराज अहमद फारुकी रहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुने सदस्यहरु
यस्तै नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुने सदस्यहरुमा अध्यक्ष पुष्पकमल दहक ुप्रचण्डु, अमनलाल मोदी, सुदन किराँती, रामकुमार राई, महिन्द्र राय यादव, लेखनाथ दाहाल, गंगा कार्की, माधव सापकोटा, सुर्यमान तामाङ, हितबहादुर तामाङ, देवेन्द्र पौडेल, वर्षमान पुन, रेखा शर्मा, पुर्णबहादुर घर्तीमगर, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, छिरिङ डम्डुल लामा, महेन्द्रबहादुर शाही, दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्हामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रूपा सोसी चौधरी, रणेन्द्र बराली, सुशीला सिल्पाली ठकुरी, मीना यादव र कल्पना मियाँ रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सदस्यहरू
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सदस्यहरूमा, रवि लामिछाने, डा तोसिमा कार्की, सविता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल, ढाकाकुमार श्रेष्ठ, चन्दा कार्की, डोलप्रसाद अर्याल, असिम शाह, लक्ष्मी तिवारी, इन्दिरा रानामगर, मनीष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, निशा डाँगी, सन्तोष परियार, शिव नेपाली र विनीता कठायत रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सदस्यहरु
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सदस्यहरुमा अध्यक्ष राजेन्द्र लिङदेन, दिपकबहादुर सिंह, विक्रम पाण्डे, दीपक बोहरा, धवल शमशेर, ध्रबबहादुर प्रधान, ज्ञानेन्द्र बहादुर शाही, बुद्धिमान तामाङ, बिना लामा, पशुपतिशमशेर जबरा, रोशन कार्की, गीता बस्नेत, अनिशा नेपाली र बिना जैसवाल रहेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुने सदस्यहरु
यसैगरी नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुने सदस्यहरुमा अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, अम्मरबहादुर थापा, धनबहादुर बुढा, भानुभक्त जोशी, शेरबहादुर कुँवर र प्रेमबहादुर आले रहेका छन् ।

जनता समाजवादी पार्टीबाट निर्वाचित सदस्यहरु
यता जनता समाजवादी पार्टीबाट निर्वाचित सदस्यहरुमा अशोककुमार राई, नवलकिशोर साह, राजकिशोर यादव, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रामसहायप्रसाद यादव, प्रदीप यादव, प्रकाश अधिकारी, रेखा यादव थापा, सुशीला श्रेष्ठ, रञ्जुकुमारी झा ठाकुर र शहनाज रहमान रहेका छन् ।

जनमत पार्टीबाट निर्वाचित हुने सदस्यहरु
यस्तै जनमत पार्टीबाट निर्वाचित सदस्यहरुमा अध्यक्ष सीके राउत, अनितादेवी साह, सोनु मुर्मु, विनीताकुमारी सिंह, गोमालाभ सापकोटा र अब्दुल खान रहेका छन् ।

लोसपाबाट निर्वाचित हुने सदस्यहरु
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनेमा शरतसिंह भण्डारी, महन्थ ठाकुर, रामप्रकाश चौधरी र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सदस्यहरु
यता नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सदस्यहरुमा रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम चौधरी रहेका छन् ।।

नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित सदस्य
नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल मात्र निर्वाचित भएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सदस्य
राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसीमात्र निर्वाचित भएका छन् ।

नेपाल समाजवादी पार्टीबाट निर्वाचित सदस्य
नेपाल समाजवादी पार्टीबाट उमरावतीदेवी यादव विजयी भएकी छन् ।

स्वतन्त्रबाट को-को भए विजयी ?
स्वतन्त्र सदस्यहरु योगन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह र लालवीर चौधरी निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार