माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् बैठकका एजेण्डा

नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । आज (आइतबार) पार्टी कार्यालय पेरिस डाँडामा बैठक बस्नेछ ।

बैठक आज दिउँसो २ः०० बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकरी दिए । उनले बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने बताए ।



नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

सम्बन्धित समाचार