नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र बाबुराम भट्टराईबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादवको पनि उपस्थिति रहेको थियो । भेटमा भट्टराई र यादवले देउवा संसदीय दलको नेतामा निर्वाचित भएकोमा बधाई दिएका थिए ।
त्यस्तै सत्ता गठबन्धनलाई बलियो बनाउने विषयमा कुराकानी भएको यादवले बताए । यता प्रधनमन्त्री देउवाले भने नयाँ सरकार गठनमा ढिलो नहुने भन्दै शक्ति बाँडफाँटका विषयमा शुक्रबारदेखि गठबन्धनमा छलफल हुने भन्दै पाँच दलीय गठबन्धनमा रहेका सबै दलको सम्मान हुनेगरी सरकार निर्माण हुने बताए।